
२ भदौ, काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनको विषय बिहीबार प्रतिनिधिसभाको बैठकमा पनि उठ्यो । नेकपा एमालेका सांसद कृष्ण राईले स्थानीय वासिन्दाको समस्यालाई नजरअन्दाज गर्दा फोहोर व्यवस्थापन कठिन बनेको बताए ।
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र शहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर व्यवस्थापन गर्न नसकेकोमा लाचारी व्यक्त गरेको भन्दै स्पष्ट योजना भने कसैसँग नभएको बताए ।
‘४ बुँदे सम्झौता पछि पनि फोहोर उठ्न सकेको छैन । जनताको समस्यालाई नजरअन्दाज गरिरहेको छ । स्थानीय जनता फोहोर व्यवस्थापन महानगरले गर्ने कि मन्त्रालयले गर्ने भन्ने अन्यौल रहेको छ’ सांसद राईले भने, ‘विचारणीय कुरा चाहिँ के हो भने महानगरपालिका र मन्त्रालयले नयाँ योजना ल्याउन सकेको छैन । पुरानै शैलीमा फोहोरलाई माटोले पुरेर छोड्ने काम गरिरहेको छ ।’
यस्तै एमालेकै सांसद खेम लोहनीले सत्तारुढ गठबन्धनले फोहोरको समस्या समधान गर्नुको सट्टा स्थानीय नेताहरुलाई वक्तव्यवाजी गर्न लगाएर अवरोध गरेको आरोप लगाए ।
सांसद घनश्याम खतिवडाले काठमाडौंको फोहोर व्यवस्थापन तत्काल हुनुपर्ने बताए ।
प्रतिक्रिया 4