
फाइल तस्वीर
२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ स्थित कलंकीमा रहेको खसी बजार १५ दिन भित्र हटाउन महानगरपालिकाले सूचना जारी गरेको छ ।
खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै सामूहिक उजुरी आएकोले खसी बजार हटाउन लागिएको महानगरले जनाएको छ ।
उजुरीपछि महानगरले गरेको वातावरणसम्बन्धी अध्ययन प्रतिवेदन अनुसार खसी बजारले वातावरणमा गम्भीर असर परेको, फोहोर मैलाले जटिल समस्या सिर्जना गरेको उल्लेख छ ।
७ रोपनी ८ आना जग्गामा रहेको खसी बजारको वैकल्पिक व्यवस्था व्यवसायी आफैंले गर्नुपर्ने भन्दै खसी बजार नहटाए कानुन अनुसार हटाइने समेत सूचनामा उल्लेख छ । महानगरले बस्तीको बीचमा यस्ता प्रकृतिका व्यापारलाई निरुत्साहित गर्ने जनाएको छ ।
हेर्नुहोस् सूचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4