
२ भदौ, काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले स्मार्ट क्यूआर प्रयोगमा ल्याउने भएको छ । आईसीएफसी फाइनान्स र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउने सम्झौता भएको फाइनान्सले जनाएको छ ।
सम्झौतासँगै आईसीएफसी फाइनान्सका ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी वस्तु तथा सेवा खरिदमा स्मार्ट क्यूआर मार्फत गर्न सक्नेछन् ।
उक्त सम्झौतामा स्र्माटच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4