
फाइल तस्वीर
२ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि स्थगित भएको छ। बिहीबार बिहान ९ बजे बोलाइएको बैठक दिउँसो ४ बजेलाई सारिएको थियो ।
संसदमा नागरिकता विधेयकमाथिको छलफल नसकिएका कारण बैठक भोलि शुक्रबार बिहान ८ बजेसम्मलाई स्थगित भएको माओवादीका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पदाधिकारी घोषणा गर्ने तयारी थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4