
फाइल तस्वीर
२ भदौ, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित भएको छ ।
नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा समायोजनलगायत माग राखी बिहीबारबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तर, नेपाल आयल निगमका केही सञ्चालक नेपाल बाहिर रहेको र उनीहरु आएपछिको सञ्चालक समिति बैठकबाट आवश्यक निर्णय गर्ने सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।
निगमका निर्देशक वीरेन्द्र गोइत र महासंघका अध्यक्ष खगेश्वर बोहोराले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै पेट्रोलियम पदार्थको आयात, ढुवानी र बिक्री वितरणमा सोमबार कुनै अवरोध भएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4