
जनार्दन शर्मा/फाइल तस्वीर
२ भदौ, काठमाडौं । ‘बजेट प्रक्रियामा नागरिक सहभागिता’ कार्यक्रमको राष्ट्रिय स्तरमा शुभारम्भ भएको छ ।
बिहीबार युरोपेली युनियन, यूएनडीपी, यूएन विमेनको सहयोग र मित्र समाज तथा डेक्को नेपालको संयोजकत्वमा यो कार्यक्रमको आयोजना गरिएको हो ।
बिहीबार अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।
चालु आर्थिक वर्षमा यो कार्यक्रम ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, बीरेन्द्रनगरपालिका र धनगढी उपमहानगरपालिकामा कार्यान्वयन गर्ने योजना छ ।
सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक संलग्नता सुनिश्चित गर्न बनेको राष्ट्रिय रणनीति र कार्ययोजना २०७८ को उद्देश्य नं ३ मा स्थानीय सार्वजनिक वित्त व्यवस्थापन प्रक्रियामा नागरिक सहभागिता र समावेशीताका सिद्धान्तको व्यवहारिक कार्यान्वयन गर्ने विषय उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4