
२ भदौ, जनकपुरधाम । धनुषा प्रहरीले रु एक लाखभन्दा बढी मूल्यको प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाकै नगराइन नगरपालिका ३ फुलगामा बस्ने २० बर्षीय पंकज साह छन् । साहलाई जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलबाट ती औषधिसहित पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार साहको साथबाट रु ९३ हजार २०६ मूल्य बराबरको रेजोस डिएसआर क्याप्सुल २९२ पता, रु २१ हजार ७१२ मूल्य बराबरको पेन्टोग आइटी डिएसआर ५९ पता, रु ४ हजार २८६ मूल्य बराबरको लिभ–सेट–५ लेखिएको औषधि ४७ पता र रु १ हजार ६७२ मूल्य बराबरको सेट्रिजाइर हाइड्रोक्लोराइड आइपी लेखिएको ११ पता औषधि बरामद भएको छ ।
कुल रु १ लाख २० हजार ८७६ मूल्य बराबरको उक्त औषधिसहित पक्राउ परेका साहलाई आवश्यक कार्वाहीका लागि औषधि व्यवस्था विभाग बीरगंज पठाइएको धनुषा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4