
२ भदौ, काठमाडौं । राप्रपाले नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी बनाउन आर्थिक संकलन सुरु गरेको छ । संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समूह र संघसंस्थालाई जोड्न बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले कोष वृद्धि अभियान घोषणा गरेका छन् ।
राप्रपाले पार्टीका महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा अभियान अघि बढाउने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यो अभियानका लागि राप्रपाले छुट्टै बैंक खाता सञ्चालन गरेको छ । कोषमा रकम पठाउनका लागि दाताले बैंक खातामा नगद, चेक जम्मा गर्न वा डिजिटल पेमेन्ट सिस्टम अन्तर्गत इ-सेवा, खल्ती लगायतका एप्सको प्रयोग गर्न सकिने व्यवस्था राप्रपाले गरेको छ ।
अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा खाता खोलेको छ । बैंकको खातामा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पे बाट रकम जम्मा गर्न सकिने श्रेष्ठले बतए ।
प्रतिक्रिया 4