
३ भदौ, काठमाडौं । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ ।
बढुवा सिफारिस समितिले सहसचिवहरु घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको अवकाशपछि एउटा सचिव पद रिक्त थियो ।
सिफारिस भएकामध्ये उपाध्याय ललितपुरको प्रमुख जिल्ला अधिकारी हुन् । यस्तै दुवाडी उद्योग मन्त्रालयमा कार्यरत छन् भने घिमिरे चीनमा महावाणिज्य दूत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4