+

रियलका कासेमिरो युनाइटेडमा आवद्ध हुने

२०७९ भदौ  ३ गते १३:२७ २०७९ भदौ ३ गते १३:२७
रियलका कासेमिरो युनाइटेडमा आवद्ध हुने

३ भदौ, काठमाडौं । रियल मड्रिडका मिडफिल्डर कासेमिरो म्यानचेस्टर युनाइटेडमा आवद्ध हुने भएका छन् । उनी ६० मिलियन युरोमा इंग्लिस क्लवमा आवद्ध हुने भएका हुन् ।

२०१३ यता रियलमा रहेका उनले ३ पटक ला लिगा तथा पाँच पटक च्याम्पियन्स् लिग जितेका छन् । ३० वर्षीय कासेमिरोले रियलको मिडफिल्ड राम्रो बनाएका थिए ।

युनाइटेडमा आवद्ध हुने महँगो खेलाडीमध्येमा उनी पनि रहनेछन् । उनले युनाइटेडमा चार वर्षको लागि सम्झौता गर्न लागेका हुन् । हाल राम्रो खेल प्रदर्शन गर्न नसकेको युनाइटेड र प्रशिक्षक एरिक टेन हागका लागि उनी राम्रो विकल्प बन्न सक्छन् ।

रियलमा उनको सम्झौता २०२५ सम्मको लागि छ, युनाइटेडले भने उनलाई २०२७ सम्मका लागि अनुबन्ध गर्ने तयारी गरेको छ । उनी हाल बालोन डी’ओरको ३० प्रतिस्पर्धीको सूचीमा पनि परेका छन् ।

कासिमिरो म्यानचेष्टर युनाइटेड रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय