
Photo Credit : filminnepal
३ भदौ, काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्कमा ५ हजार रुपैयाँले वृद्धि भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली कार्यान्वयनमा ल्याएको छ । यस नियमावली अनुसार साविकको तुलनामा चलचित्र सुटिङ शुल्कमा ५ हजार रुपैयाँ वृद्धि भएको छ ।
प्राधिकरणका अनुसार अब अन्तर्राष्ट्रिय विमानस्थल भित्र चलचित्र, भिडियो चलचित्र, वृत्तचित्रलगायत खिच्दा चलचित्र निर्माताले ६ घण्टा अवधिको एक पटक मानेर १५ हजार रुपैयाँ तिर्नुपर्छ । यस्तो शुल्क पहिला भने १० हजार रुपैयाँ मात्र रहेको थियो । उता, आन्तरिक विमानस्थलमा छायाङ्कन गर्दा ७ हजार रुपैयाँका दरले सेवा शुल्क बुझाउनु पर्छ । साविकमा यस्तो शूल्क ५ हजार रुपैयाँ मात्र रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4