+
+

प्रचण्ड भन्छन् : चुनावअघि बाबुरामसँग पार्टी एकता हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १७:०९

३ भदौ, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँग चुनावअघि पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।

नेपाल जेसिजको क्षेत्र ख सम्मेलनमा सहभागी हुन शुक्रबार गोरखा आएका प्रचण्डले एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने उनले बताए ।

बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ बाट उठाउने हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘को कहाँबाट उठ्ने भन्ने बिषय अहिले टुंग्याइएको छैन, तर बाबुराम जी र हामी फेरि एकपटक एकै ठाउँमा उभिने भयौं, गोरखाका लागि यो विशेष महत्वको कुरा हो ।’

एकीकृत समाजवादीसँग भने पार्टी समायोजनका लागि समिति बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?