+
+

मेडिसिटी पुगेर प्रचण्डले गरे कांग्रेस नेता गिरिको स्वास्थ्य लाभको कामना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते १०:३४
फाइल तस्वीर

४ भदौं, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् ।

शनिबार बिहान मेडिसिटी अस्पताल पुगेर अध्यक्ष प्रचण्डले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।

झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?