
४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार दावी गरेका छन् । नेता रामचन्द्र पौडेल उम्मेदवार हुँदै आएको यो क्षेत्रमा भट्टराईले पनि उम्मेदवारी दावी गरेका हुन् ।
पौडेल र भट्टराई दुवैको घर तनहुँको निर्वाचन क्षेत्र १ मा पर्छ । यही क्षेत्रमा कांग्रेसका अर्का केन्द्रीय सदस्य शंकर भण्डारीको पनि दाबी छ । तनहुँ २ गृह क्षेत्र भएपनि भण्डारी क्षेत्र नम्बर १ बाट उठन इच्छुक छन् ।
शनिबार तनहुँमा आयोजित एक कार्यक्रममा भट्टराईले उम्मेदवार हुने चाहना राखेका हुन् । नयाँ सोच, विचार, योजना सहित आफू मतदाता कहाँ पुग्ने उनको भनाइ छ । आफूले टिकट पाएमा जित निकाल्ने उनले दावी गरे ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रामचन्द्र पौडेललाई पराजित गर्दै तत्कालिन नेकपा एमाले (हाल एकीकृत समाजवादी)का किसान श्रेष्ठ निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4