४ भदौ, चितवन । क्रिकेट अम्पायर स्कोरर संघ नेपालको आयोजनामा शनिबार चितवनमा दुई दिने अम्पायरिङ स्कोरिङ तालिम सञ्चालन भएको छ ।
नेपाल क्रिकेट संघको सहयोग र क्रिकेट अम्पायर स्कोरर संघ नेपालको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल भरका कुल ७१ जना अम्पायर र स्कोररले सहभागिता जनाएका थिए ।
नेपालका आईसीसी प्यानल अम्पायरद्वय दुर्गानाथ सुवेदी र विनयकुमार झाले सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा २० जना स्कोर र ५९ विभिन्न लेभल कोर्स गरेका अम्पायरहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङको विषयमा सहभागी प्रशिक्षार्थीहरुले अनुभव साटेका थिए । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंह मुख्य अतिथि रहेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष सिंहले नेपालमा क्रिकेट विकासमा अम्पायरको ठूलो भूमिका रहेको बताए । कोषाध्यक्ष सिंहले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अम्पायरहरुले राम्रो काम गरेको भन्दै क्रिकेट संघ क्रिकेट अम्पायर संघको प्रवर्द्धनमा सधैं सकारात्मक भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले वार्षिक रुपमा बजेट छुट्टाएर यस्ता प्रशिक्षण कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रशिक्षणपछि आयोजित कार्यक्रममा सहभागिहरुलाई कोषाध्यक्ष सिंह, चितवन जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष सुदिप पिया लगायतले प्रमाण पत्र वितरण गरे ।
प्रतिक्रिया 4