
फाइल तस्वीर
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधन भएको शोकमा सिरहाको लहानमा बिदा दिइएको छ ।
नगर क्षेत्रभित्र शोक बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्रका क्याम्पस, शैक्षिक प्रतिष्ठानहरू र उद्योग वाणिज्य संघ पनि आज खुल्ने छैनन् ।
‘उहाँ हाम्रो प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो, त्यसैले नगर मातहतमा रहेका कार्यालयमा शोक बिदा दिइएको छ’ मेयर चौधरीले भने, ‘उद्योगी व्यवसायीहरूले पनि बजार नखोल्ने निर्णय गर्नुभएको छ ।’
लहान गिरिको गृहनगर हो । उनले आफूलाई भेट्न आउनेहरूसँग आफ्नो अन्त्येष्टि जिल्लाकै बस्तीपुरमा गरिदिन आग्रहसमेत गरेका थिए । तर, नेपाली कांग्रेसले पशुपतिमै उनको अन्तिम संस्कार गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4