
काठमाडौं । माछापुच्छ्रे बैंकले फ्रि एजुकेसन कन्सलटेन्सी अर्गनाइजेसन नेपाल (फेकन) सँग आबद्ध कन्सलटेन्सीहरुलाई सरल र सहज रुपमा शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।
माछापुच्छ्रे बैंक र फेकनबीच बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल र बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरे ।
सम्झौतासँगै फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ सेवा सरल र सहज रुपमा उपलब्ध गराउने बैंक्ले जनाएको छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्ने जनाएको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4