
५ भदौ, काठमाडौं । सरकारले १०५ वटा औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशित गरेको छ । विभिन्न समयमा घोषणा भएका तर औद्योगिक व्यवसाय ऐन अन्तर्गत राजपत्रमा सूचना जारी नभएका औद्योगिक ग्रामहरुको सूचना राजपत्रमा प्रकाशित गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
प्रकाशित मध्ये मुगु राराको औद्यौगिक ग्राम भने घोषणा भएर पनि खारेज भएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तहमा उपलब्ध कच्चा पदार्थ, सीप प्रयोग र ज्ञान प्रयोग गरेर साना, घरेलु र लघु उद्योग खोल्ने र यसैबाट स्थानीय स्तरमा रोजगारी सृजना गरेर अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यसहित २०७५ सालको बजेटमा यस्तो घोषणा गरिएको थियो ।
तीन तहको सरकारले लगानी गर्ने मोडालिटीको आयोजनामा संघीय सरकारले बढीमा ३ करोड रुपैयाँसम्म अनुदान उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।
हालसम्म १०४ वटा स्थानीय तहले औद्योगिक ग्राम बनाउने भन्दै रकम लगेका छन् । तर, कुनै पनि परियोजना तीन वर्ष बित्दा पनि सम्पन्न भने नभएको मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् सूचीः
प्रतिक्रिया 4