
५ भदौ, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलको महासचिवमा गणेश शाही चयन भएका छन् ।
काठमाडौंमा सोमबार भएको भेलाले सुवोध शेर्पाइलीको नेतृत्वमा ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । ६१ जना पदाधिकारी चयन भएका छन् ।
संयोजक सुमन देवकोटाले उम्मेर हदका कारण वाईसीएलबाट विदा लिनुपर्ने भेला गरिएको थियो, जसमा सहसंयोजक सुवोध शेर्पाइलीलाई अध्यक्ष बनाउने पक्का जस्तै थियो । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।
महासचिवमा शाहीसँगै ज्ञानबहादुर गुरुङ ‘कसम’ र मिङ्मा डन्डु शेर्पा पनि दावेदार थिए । तर शाहीलाई महासचिव बनाइएको छ ।
विधानमा १९९ सदस्यीय केन्द्रीय कमिटी र २३ सचिवसहित ३५ पदाधिकारी हुने व्यवस्था थियो । तर आकांक्षीहरुको व्यवस्थाका लागि केन्द्रीय समिति र पदाधिकारी दुबै जम्बो बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4