
६ भदौ, धनगढी । कैलालीमा लागुऔषधसहित एकजना किराना व्यापारी पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा किराना पसल चलाउदै आएका ३६ वर्षीय दिनेश सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बझाङ जयपृथ्वी नगरपालिका-६ घर स्थायी घर भएका सिंहलाई एक किलो चरेशसहित पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनले पसलमा लुकाएर राखेको अवस्थामा चरेश बरामद गरिएको थियो ।
पक्राउ परेका उनलाई प्रहरी कार्यालयको हिरासतमा राखेर सिंहमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4