
६ भदौ, दाङ । प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका-४ कुडुलेमा दुर्घटना भएको हो ।
घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
घाइतेहरुलाई उद्धारपछि ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । बाँकी तीन जनाको भने प्युठानको साझा पोलिक्लिनमा उपचार भइरहेको छ ।
ब्रेक फेल भएर गाडी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको छ । गाडी सडकबाट करीव २० मिटर तल खसेको थियो । गाडीमा चालक सहित १४ जना सवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4