+
+

अन्तर्घात गर्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी रहँदैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १५:०१

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

पार्टीले अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ्दै उनले पार्टी अनुशासन तोड्नेलाई कारबाही नगरे माओवादी कम्युनिस्ट पार्टीजस्तो नहुने बताए ।

‘अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन । यो छानबिन नगरी दोषीलाई कारबाही प्रक्रिया अघि नबढाई कम्युनिस्ट आन्दोलन, पार्टी पुनर्गठन अघि बढाउन सम्भव छैन’ उनले भने ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न माओवादी केन्द्रले अनुशासन आयोगका संयोजक टंक राईको संयोजक, मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन गरेको थियो ।

अध्यक्ष प्रचण्डले अन्तर्घात छानबिन पार्टीको अनियमितता र गडबडी सच्याउने विषयसँग मात्र सम्बन्धित नभएको बताए । ‘कुनै खास ठाउँमा भएको अनियमितता र गडबडी सच्याउने कुरामा मात्र सम्बन्धित छैन’ उनले भने, ‘पार्टीलाई विधिसम्मत र अनुशासनमा चलाउने र राम्रोलाई प्रोत्साहन गर्ने कुरासँग पनि सम्बन्धित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?