
काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि कमर्सियल भेहीकलले ‘टुनल्याण्ड ई’ को सफलतापछि अपग्रेडेड भर्सन ल्याउने तयारी गरेको छ ।
‘टुनल्याण्ड ई’ को नयाँ भर्सन ‘टुनल्याण्ड ई प्लस’ थप शक्तिशाली तथा आकर्षक फिचरसहित ९ भदौमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टुनल्याण्ड ईको नयाँ भर्सन थप शक्तिशाली, आकर्षक फिचर रहेको छ ।
कम्पनीका आनुसार टुनल्याण्ड ई प्लस ग्राहकलाई पिकअप ट्रकमा आवश्यक पर्ने अनुभव र रिसर्च आनुसार डिजाइन गरिएको हो । नेपाल र नेपाली बाटोलाई सुहाउँदो टुनल्याण्ड ई प्लस ग्राहकको प्रतिक्षाको पिकअप ट्रक बनेको कम्पनीको दावी छ ।
फोटोन पछिल्लो समय नेपालमा पिकअप, भ्यान र एम्बुलेन्स सेग्मेंटमा अत्यन्त लोकप्रिय हुँदै गइरहेको छ । आकर्षक लुक्स र पावरले गर्दा फोटोन लोकप्रिय हुदै गएको जानकारहरु बताउछन् ।
प्रतिक्रिया 4