
६ भदौ, सप्तरी । राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भु यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् ।
सोमबार राजविराजमा आयोजित कार्यक्रममा यादवलाई लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु शरदसिंह भण्डारी, अनिल झा लगायतले पार्टी प्रवेश गराए ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यादव तत्कालिन राजपाबाट राजविराज नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
पछि राजपा र संघीय समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी हुँदा जसपामै थिए । ३० वैशाखको स्नीय तह निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर मेयर पदको उम्मेदवार बनेका थिए । तर पराजित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4