+
+

‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत : सुगम पोखरेललाई ब्रान्डिङ गर्ने त्यो हिट गीत अब फिल्ममा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १७:४१

काठमाडौं । सुगम पोखरेलको १० वर्षअघिको सुपरहिट गीत ‘सम्हालिन्छ कहिले मन’को सिनेम्याटिक संस्करण सार्वजनिक भएको छ । सुदर्शन थापा निर्देशित सोही नामको फिल्मको शीर्ष गीत सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।

फिल्मको पटकथासँग रुपान्तरण गरिएको गीतमा स्वर पनि पोखरेलकै छ । जेम्स प्रधानकै संगीत रहेको गीतको शब्द रचना सुयश भट्टराईको छ । गीतले तपाईंलाई १० वर्षअघिकै क्षणसँग साक्षात्कार गराउँछ ।

फिल्म ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीतमा चाहिं पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन फिचर्ड छन् । प्रमुख चरित्रको रुपमा श्रेया (पूजा)ले सतिश (आकाश)लाई विवाह प्रस्ताव राखेसँगै गीत सुरु हुन्छ ।

श्रेयालाई सतिशको अँगालोमा देखेपछि अर्को पात्र सोनममा सिर्जना भएको मनोवैज्ञानिक विचलन र छटपटीलाई गीतले दर्शाएको छ । सोनमकै चरित्रको आँखाबाट गीत कम्पोज गरिएको छ ।

फिल्मको कथावस्तु र कथाको घटनाक्रम यही गीत वरपर फन्को मारेको छ । भदौ १७ गते रिलिज तयारीमा रहेको फिल्ममा सरोज खनाल, धीरेन शाक्य र गौरी मल्लको समेत मुख्य भूमिका छ । एबी इन्टरनेसनलको प्रस्तुतिमा भिक्टर सिनेमा लिमिटेडले फिल्म निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?