+
+

सिरक पसलविरुद्ध ३४ लाख रुपैयाँको करछली मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १७:३०

६ भदौ, काठमाडौं । बुटवलका दुई सिरक/डसना पसलविरुद्ध ३४ लाख रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायरा भएको छ ।

राजस्व अनुसन्धान विभागले बुटवलका रौनक सिरक डसना पसलका सञ्चालक फिरोज अहमद र बसिर मियाविरुद्ध ३४ लाख १३ हजार ६४८ रुपैयाँ विगो दावी गरी मुद्दा दायर गरेको हो । दुवै व्यापारी भारतीय नागरिक हुन् ।

विभागका अनुसार उनीहरुविरुद्ध उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा मुद्दा दायर भएको छ । विभागले शतप्रतिशत जरिवाना र हदैसम्मको कैद सजाय माग गरेको छ ।

उनीहरुलाई भन्सार चोरी पैठारीतर्फ आव २०७६/७७ मा २ लाख ९८ हजार ४, मूल्य अभिवृद्धि करतर्फ ३० लाख १२ हजार ८०३ र आयकरतर्फ १ लाख २ हजार ८४१ रुपैयाँ विगो दावी गरिएको छ ।

उनीहरुले आफ्नो पसलको कारोबार अनुसारको विवरण पेश नगरेको, मूल्य अभिवृद्धि करमा दर्ता नगरेको, ठूलो परिमाणको बिक्रीलाई कारोबार भन्दा बाहिर राखेर आयकर छली गरेको लगायत आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?