
६ भदौ, दाङ । दाङमा कृत्रिम तालमा डुबेर एक जना पुरुष बेपत्ता भएका छन् ।
घोराही उपमहानगरपालिका-१७ कर्जाहीस्थित कृतिम तालमा डुबेर सोही ठाउँका ४० वर्षीय अम्मर चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार चौधरी सोमबार बिहान घरबाट तालमा घोङगी खोज्न गएको बेला पानीमा डुबेर बेपत्ता भएका थिए ।
स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुगेर खोजी कार्य सुरु गरेको थियो । अहिले पनि बेपत्ता चौधरीको खोजी कार्य जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4