
७ भदौ, कैलाली । कैलालीमा छाडा गाईसँग ठोक्किएर सोमबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले जानकारी दिए ।
डिएसपी जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१०११प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4