
काठमाडौं । राजधानीमा यतिबेला राजनीति र मौसमको गर्मी उकालो लागेको छ । मौसमका हिसाबले काठमाडौंको तापक्रम ठीकठाक भए पनि पछिल्लो समय गर्मीको पारो चढेको छ ।
यही गर्मीको बीच सुन्दरीहरुले यसपटक काठमाडौं तताए । मिस युनिभर्स नेपालका २० जना फाइनलिस्ट सुन्दरीले सोमबार एक पौडीपोखरीमा आफ्नो सौन्दर्यलाई थप फक्राए ।
पौडीपोखरीमा सुन्दरीले बिकिनी र स्विमसुटमा प्रतिभा प्रदर्शन गरे । मिस युनिभर्सको सहविधा मिस स्विमसुट राउन्डको प्रतिस्पर्धा थियो यो । पौडीपोखरीको यो प्रतिस्पर्धामा सुन्दरीहरु को भन्दा को कम देखिए । फिगर, क्याटवाक र उनीहरुको अदाले उनीहरुलाई थप हट तुल्याएको थियो ।
यीमध्ये कुन सुन्दरीले ताज हात पार्छिन् त भन्ने चाहिं बिहीबार हुने ग्रान्ड फिनालेमै टुंगो लाग्नेछ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4