
काठमाडौं । एनएमबि बैंकले देशका विभिन्न स्थानमा सञ्चालित ६ शाखामा महिला कर्मचारीलाई नेतृत्व दिएको छ ।
बैंकका अनुसार टंकीसिनुवारी (प्रदेश १), महोत्तरी (मधेश प्रदेश), बल्खु (बागमती प्रदेश), चाउथे (गण्डकी प्रदेश), भलवारी (लुम्बिनी प्रदेश) र धनगढी सुदूरपश्चिम) शाखा सञ्चालनको नेतृत्व महिला कर्मचारीहरुले लिएका छन् ।
महिला कर्मचारीले नेतृत्व गरेका शाखाका महिला कर्मचारीहरुको सशक्तिकरण गर्ने उदेश्यले बैंकले अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।
महिलाहरुलाई थप सशक्त बनाइ हरेक क्षेत्रमा अगाडि बढाउने उदेश्यका साथ उनीहरुको अनुभव एवं कार्य क्षेत्रमा भोग्नु परेका समस्याका बारेमा छलफल भएको बैंकले जनाएको छ । अन्तरक्रिया कार्यक्रमबाट भविष्यमा थप टेवा पु¥याउने अपेक्षा बैंकले राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4