
काठमाडौं । पञ्चकन्या ग्रुपको आर्थिक सहयोगमा काठमाडौंको फर्पिङमा रहेको पवित्र सामुदयिक वनमा वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रमको शुभारम्भ दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले गरेका थिए ।
टेवा नामक संस्थालाई आर्थिक सहयोग गरी सो वनमा कपुर, रिठ्ठा, धुपी लगायतका गरी ७०० विरुवा रोपिएको पञ्चकन्या ग्रुपले जानकारी दिएको छ ।
आफ्नो व्यापारिक यात्रा ५० वर्ष पूरा भएको अवसरमा १४औं वृक्षारोपण कार्यव्रmमका लागि टेवा नामक संस्थालाई कम्पनीले आर्थिक सहयोग गरेको थियो ।
३ भदौमा आयोजित वृक्षारोपण कार्यक्रममा विभिन्न संघसंस्था, स्कुल, स्थानीय बासिन्दा गरी ८० जना सहभागी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4