
७ भदौ, तेहरान । सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरका एक वरिष्ठ सदस्यको मृत्यु भएको सरकारी स्वामित्वको प्रेस टिभीले मङ्गलबार जनाएको छ ।
युद्धग्रस्त देशमा सैन्य सल्लाहकारको रूपमा काम गरेका अबोलफजल अलीजानीको सोमबार बिहान मृत्यु भएको बताइएको छ। अलिजानीको शव केही दिनमा इरानमा पुर्याइनेछ। घटना बारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।
इरानले सन् २०११ देखि सिरियाली सरकारको अनुरोधमा सिरियामा आफ्ना सैन्य सल्लाहकारहरूको उपस्थिति रहेको पुष्टि गरेको छ। सिन्ह्वा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4