
फाइल तस्वीर
७ भदौ, काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक छलफलमा सीमित भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरु पनि सहभागी थिए । कोरोना परीक्षण गर्न गएकाले कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए ।
कार्यदलमा कुनै सहमति नभएको र संयोजक पनि अनुपस्थित भएकाले मंगलबारको बैठक छलफलमा सीमित भएको एक नेताले बताए । उनले भने, ‘छिटो टुंग्याऊँ भन्ने छ, तर यसरी टुंग्याऊँ भन्ने कसैको प्रस्ताव छैन । भोलि फेरि बैठक बस्ने सहमति भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4