
७ भदौ, काठमाडौं । सरकारले ३ सय डलरभन्दा महँगा मोबाइल फोनमा आयातमा प्रतिबन्ध लगाएपछि स्मार्टफोनको आयात झण्डै आधा घटेको छ । साउन महिनामा ३ लाख ३३ हजार ७७९ वटा मात्रै स्मार्ट फोन र बार फोन आयात भएका छन् ।
भन्सार विभागका अनुसार २०७८को साउनमा ६ लाख ६७ हजार फोन आयात भएको थियो ।
गत २ साउनमा अर्ब ७१ करोड मूल्य बराबरका फोन आयात भएका थिए । तर, अघिल्लो वर्षको साउनमा यस्तै आयातमा ४ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको थियो ।
सरकारले बितेको महिनामा मोबाइल आयातबाट ५० करोड २६५ लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो ।
तर, वर्षको साउनमा यस्तो आयातबाट ७६ करोड ३९ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको थियो ।
गत साउन महिनामा १ लाख ७६ हजार वटा स्मार्ट फोन आयात भएको थियो । स्मार्ट फोन आयातमा एक महिनामा २ अर्ब ५७ करोड रुपैयाँ बाहरिएको छ । १ लाख ५७ हजार सेट बारफोन आयात हुँदा १ अर्ब ४१ करोड खर्च भएको भन्सार विभागले जनाएको छ ।
नेपालमा एक वर्षमा करिब ४१ अर्ब मूल्यको मोबाइल आयात भएको छ । एक वर्षको अवधिमा ४० अर्ब ८९ करोड ३६ लाख मूल्य बराबरको मोबाइल आयात भएको हो ।
गत आर्थिक वर्ष २०७८/७९ मा ५७ लाख ६३ हजार वटा फोन नेपाल भित्रिएको थियो । १२ महिनामा भन्सार विभागले मोबइल फोनबाट ६ अर्ब ५४ करोड भन्सार राजस्व पनि असुल गरेको थियो ।
त्यसअघि २०७७/७८ मा ३६ अर्ब ९० करोड मूल्यको ७० लाख ३० हजार मोबाइल सेट नेपालमा आयात भएको थिए ।
प्रतिक्रिया 4