
८ भदौ, काठमाडौं । सरकारले सैलुङ निर्माण कम्पनी तथा डिस्टिब्युटर्स लगायत १० वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।
अनुप अधिकारीले सञ्चालन गरेको सैलुङलाई सरकारले कालो सूचीमा राख्दै तीन वर्षका लागि ठेक्का पट्टामा प्रतिबन्ध लगाएको हो ।
बालाजु-रानीपौवा सडक निर्माण नगरी लापरबाही गरेपछि सैलुङलाई सरकारले प्रतिबन्ध लगाएको हो । सडक निर्माण नगरेपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा सरकारले शैलुङलाई तीन वर्षका लागि प्रतिबन्ध लगाएको हो ।
एक चाइनिज इन्जिनियरिङ कम्पनी र भारतीय आरभाली इन्फ्रापावर लिमिटेडलाई पनि सरकारले तीन वर्षसम्मका लागि कालो सूचीमा राखेको छ । महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज प्रालिलाई दुई वर्षका लागि कालो सूचीमा परेको छ ।
इटहरीको बलिया कन्ट्रक्सन, काठमाडौंको जोनसन कन्ट्रक्सन, कास्कीको जस्ट इन टाइम, मोरङको एस्पियल ग्रुप अफ इन्जिनियर्स, सुनसरीको सर्जिमेड डिस्टिव्युटर्स र पाँचथरको तुम्येहाङ निर्माण सेवालाई एक/एक वर्षका लागि सरकारीले कालो सूचीमा राखेको छ ।
प्रतिक्रिया 4