
काठमाडौं । आगामी असोज ७ गते नेपाल र भारतसहित विश्वभर कीर्तिमानी फिल्म ‘अवतार’ पुनः प्रदर्शन हुने भएको छ । निर्देशक जेम्स क्यामरुनले नयाँ ट्रेलर र पोस्टर सार्वजनिक गरेका छन् ।
निर्देशक क्यामरुनले पुनः मास्टरिसहित फोरेक, आइम्याक्स जस्ता प्रविधिमा फिल्म रिलिज हुने जनाएका छन् । पुस १ गते अवतारको दोस्रो श्रृंखला ‘अवतार : द वे अफ वाटर’ रिलिज हुनुअघि सन् २००९ को हिट फिल्म ‘अवतार’ पुनः प्रदर्शन हुन लागेको हो ।
यो फिल्मलाई विश्वभर दुई साता मात्र चलाइने जनाइएको छ । नेपालमा यसलाई एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो । विश्वव्या पी वितरण चाहिं डिज्नेले गर्दैछ । ‘अवतार’ विश्व फिल्म इतिहासमा सर्वाधिक कमाइ गर्ने फिल्म समेत हो ।
यही फिल्मसँगै नेपालमा पहिलोपटक थ्रीडी प्रविधि भित्रिएको थियो । यसैबीच, डिज्ने प्लसले आफ्नो प्लेटफर्मबाट ‘अवतार’लाई हटाएको भेराइटी म्यागजिनले जनाएको छ ।
प्रतिक्रिया 4