+
+

झिटीगुन्टा सुनमा कडाइ गरेका विमानस्थल भन्सार प्रमुख भट्टराई विभाग तानिए

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १३:०२

८ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकबाट महेश भट्टराईलाई हटाएको छ । भट्टराईले झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै सुन तस्करी गर्नेलाई कडाइ गरेका थिए ।

विमानस्थल भन्सार प्रशासकको रुपमा १० महिना काम गरेको भट्टराईले यात्रुहरुले बोकेका ५ सय किलो (४ अर्ब हाराहारी मूल्य) सुुनलाई राजस्वको दायरामा ल्याएका थिए ।

विदेश गएका नेपालीले ल्याउने सुनमा कडाइ गरेको भन्दै उनको सरुवा गर्न यसअघि पटक–पटक व्यापारीहरुले सरकारसँग लबिइङ गरेका थिए । भट्टराई गत मंसिरमा विमानस्थल भन्सारको प्रमुख प्रशासकको रुपमा सरुवा भएका थिए । भट्टराईलाई अहिले भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी तोकिएको छ ।

त्रिभुवन विमानस्थलमा यसअघि वीरगन्ज भन्सार प्रमुख रहेका अरुण पोख्रेललाई पठाइएको छ । वीरगञ्ज भन्सारमा नवराज ढुंगानालाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?