
काठमाडौं । बियर ब्रान्ड टुबोर्गले आयोजना गर्ने यस वर्षको टुबोर्ग ओपन अभियानमा चर्चित अमेरिकी गायक जेसन डेरुलासँगै नेपाली गायक भेकले पनि प्रस्तुति दिने भएका छन् ।
पाँच वर्षदेखि टुबोर्गले आयोजना गर्दै आएको टुबोर्ग ओपन कन्सर्टमा थुप्रै राष्ट्रिय तथा केही विदेशी कलाकारहरुले सांगीतिक प्रस्तुति दिइसकेका छन् । ‘टेक द स्टेज’ भन्ने थिममा हुन लागेको कार्यक्रममा युवापुस्तामाझ रुचाइएका उदयीमान गायक भेकले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।
भेकका एक्लै जिउन सिकें, मायालु, लै बरि लै जस्ता गीत चर्चित छन् । गत महिना जेसन डेरुलासँग अमेरिकाको लस एन्जलसमा टुबोर्ग ओपेन-२०२२ को इमर्जिङ कलाकार भेकले मेन्टरसिप प्राप्त गरी नेपाल फर्किसकेका छन् ।
गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष बिष्टले संगीतको माध्यमबाट देश र विदेशमा रहेका कलाकारलाई टुबोर्गले जोड्ने प्रयास गरिरहेको बताए ।
प्रतिक्रिया 4