
८ भदौ, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार ठोरी-३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कदै गरेका उनको मोटरसाईकल हुलाकी सडक आउनु अघि कच्ची बाटोमा नै पल्टिएको थियो ।
हुलाकी सडकबाट २ सय मिटर उत्तर कच्ची सडकमै बुधबार अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
वडा नं ९ का सचिव मुकेश गुप्ताले आफन्तको मृत्यु भएको भनेर छुट्टि लिएर गएका सहयाक सचिव विष्टको नै दुर्घटनामा परेर मृत्यु भएको खबर आएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4