
काठमाडौं । आईएमई पेले १० भदौदेखि ‘क्यूआर डे विथ आईएमई पे’ अफर पुनः सञ्चालनमा ल्याएको छ । यो अफर कम्पनीले गत असारमा पनि सञ्चालनमा ल्याएको थियो ।
कम्पनीका अनुसार पुरानो संस्करण जस्तै यो पटक पनि प्रयोगकर्ताले कुनै पनि क्यूआर पेमेन्ट आईएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरिमा १० प्रतिशत छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।
१ दिनका लागि मात्र लागु हुने यो अफरमार्फत अझ धेरै नयाँ तथा सम्भावित प्रयोगकर्तालाई आईएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अघिल्लो पटकको अफर जस्तै यस अफरमा पनि पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउँनेछन् । पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक नपाउने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4