
फाइल तस्वीर
९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कार्पोरेट हाउस भएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो । ओली कर्पोरेट हाउसमा सीईओ र अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन्’,
काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओली नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रुपान्तरण गरेको बताए ।
अधिकांश एमाले कायकर्ता पार्टी पार्टीजस्तो नभई कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि एमालेमै बसिरहेको उनको आरोप छ ।
माओवादी केन्द्र भने एमाले जस्तो नभई विचार, राजनीति र सिद्धान्त आधारित समाजवादी कार्यदिशा बोकेको उनले दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4