
काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को बुधबार बेलुका कमलपोखरीस्थित बिग मुभिज हलमा भव्य प्रिमियर भएको छ । रिलिजको दुई दिनअघि प्रिमियर भएको यो फिल्मले प्रिमियरमा मिश्रित प्रतिक्रिया प्राप्त गरेको छ । ‘प्रकाश’ हेर्न सेलिब्रिटीको घुइँचो लागेको थियो ।
‘राधा’ र ‘प्रेमगीत २’को टिम नै फिल्म हेर्न प्रिमियरमा पुगेको थियो । सौगात मल्ल र सृष्टि श्रेष्ठले पनि फिल्मलाई शुभकामना दिए । यी दुई अभिनित ‘राधा’ पनि शुक्रबारदेखि रिलिज हुँदैछ ।
‘प्रेमगीत ३’ निर्माता सन्तोष सेन लगायतको टोली आफ्नो फिल्मका समेत मुख्य अभिनेता प्रदीपलाई साथ दिन प्रिमियरमा पुगेका थिए ।
अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता आकाश श्रेष्ठले फिल्मको कथावस्तु मन परेको बताए । नम्रताले त निकट मित्र समेत रहेका निर्देशक दिनेश राउतले आफूलाई कहिल्यै निराश नबनाएको बताइन् । आकाशले अर्गानिक फिल्म बनेको बताए ।
फिल्म क्रिटिक्सले पनि ‘प्रकाश’ हेरेका थिए । क्रिटिक्सले खासगरी राजेश श्रेष्ठको छायांकनलाई रुचाएका छन् । जुम्लाको विपन्न युवकले सरकारी शिक्षक बन्न गरेको संघर्षलाई फिल्मले चित्रण गरेको छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4