
९ भदौ, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य ९५ हजार ८ सय र तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ३ सय र तेजावी सुन ९४ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १७५ रुपैयाँ कायम गरिएको छ । बुधबार चाँदीको मूल्य १ हजार १६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4