
काठमाडौं । फिल्म ‘प्रेमगीत ३’को नयाँ गीत ‘मायाको गाउँ’ बिहीबार रिलिज भएको छ । सरोज पोखरेलले संगीत गरेको गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् ।
प्रताप दासको स्वर रहेको गीतमा विष्णु भण्डारीको शब्द रचना छ । हिमालपारिको जिल्ला मुस्ताङमा जाडोयाममा खिचिएको फिल्मको यो गीतमा हिमपातको आकर्षक दृश्य देख्न सकिन्छ ।
प्रेमकथामा आधारित ‘प्रेमगीत ३’मा प्रदीप र क्रिस्टिना रोमान्टिक मुडमा छन् । सत्ता वा प्रेममध्ये एक रोज्नुपर्ने बाध्यतामा रहेको मुख्य पात्र प्रेमको प्रेमिल भाव यसमा प्रस्तुत छ ।
आशुसेन फिल्म्सको प्रस्तुति रहेको फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका छन् । फिल्म असोज ७ गते दशैं छेकोमा प्रदर्शन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4