९ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिप खेल्न भुटानको राष्ट्रिय महिला टिम १२ दिनअघि नै नेपाल आएको छ ।
बिहीबार बिहान एन्फा सदस्य मनिष जोशीलगायतले भुटानी टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
साफ महिला च्याम्पियनसिपको छैठौं संस्करण भदौ २१ गतेदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।
नेपालको वातावरणसँग अनुकुल हुनका लागि भुटान झण्डै दुई साताअघि नेपाल आएको हो । साफमा नेपाल र भुटान एउटै समूहमा छन् । नेपालले २१ गते भुटानसँगै उद्घाटन खेल खेल्नेछ ।
प्रतिक्रिया 4