+
+

एनएलजी बीमा पोलिसी ई–बीमाबाट खरिद गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १३:३९

काठमाडौं । डिजिटल बीमा सेवा प्रदायक ई–बीमाबाट एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा पोलिसी खरिद गर्न सकिने भएको छ । एनएलजी इन्स्योरेन्स र ई–बीमाबीच सम्झौता भएसँगै उक्त बीमा पोलिसी अनलाबाटै खरिद गर्न सकिने भएको हो ।

उक्त सम्झौतामा ई–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्स्योरेन्सको
तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरे । सम्झौतासँगै प्रबन्ध निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताए ।

उनले जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गरे । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पन्तले जनतामा बीमा पोलिसीका लागि डिजिटलाइजेसनको आवश्यकता रहेको बताए । उनले ई–बीमासँग गरिएको सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे ।

बीमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजी इन्स्योरेन्स उक्त सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई पोलिसीहरू प्राप्त गर्न सहज बनाउन सहयोग प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?