
काठमाडौं । सनराइज बैंकले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामी बोक्ने ट्रली र ह्विल चेयर हस्तान्तरण गरेको छ ।
बुधबार प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्विल चेयर प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेकी हुन् ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा विशेष प्राथमिकता दिएर काम गरिरहेको राणाले जानकारी दिइन् ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति गिरीले अस्पताललाई आवश्यक सामग्री सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4