+
+

नेपाली अभिनेत्री मुना गौचन रणवीर सिंहसँग बलिउड फिल्म खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १४:३३

काठमाडौं । नेपाली अभिनेत्री तथा मोडल मुना गौचनले बलिउड अभिनेता रणवीर सि‌हसँग फिल्ममा अभिनय गर्ने भएकी छन् । बिहीबार रणवीर र आफ्नो सेल्फी पोस्ट गर्दै उनले चाँडै फिल्म खेल्न लागेको जानकारी दिएकी हुन् ।

तर कुन फिल्ममा अभिनय गर्न लागेको भन्नेबारेमा भने उनले खुलाएकी छैनन् । सेल्फीमा रणवीर र मुना दुवै प्रफुल्ल देखिन्छन् । नेपाली फिल्म ‘जालो’बाट अभिनय करिअर सुरु गरेकी मुना पछिल्लो समय मुम्बईमा रहेर मोडलिङ र अभिनयमा संघर्ष गरिरहेकी छन् ।

सन् २०१९ मा क्लासिक डायमन्ड र मिस इको इन्टरन्यासनलको उपाधि जितेकी मुना त्यसपछि मुम्बई पुगेकी थिइन् । उनी एमटीभीको सुपरमोडल सिजन २ मा पनि प्रतिस्पर्धी थिइन् ।

हालैको एक अन्तर्वार्तामा उनले बलिउड सपना पूरा गर्ने आफ्नो धोको रहेको बताएकी थिइन् । नेपाली फिल्म जालो गरेपछि आफूले मोडलिङ करिअरलाई रोकेको, तर ब्युटी पेजेन्ट जितेपछि आफू मुम्बई आएको उनले बताएकी छन् ।

मुनाले आफू ज्याकलिन फर्नान्डिज र वरुण धवनबाट प्रभावित भएको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?