+
+

अल्फा हाउसको भुईं तल्ला ‘पार्किङ’ भएको ठहर, तत्काल खाली गराइने

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको ठहर गरेको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०७९ भदौ ९ गते १५:०८

९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको ठहर गरेको छ । नक्सा इजाजतको अध्ययन र विश्लेषण गरेर महानगरपालिकाले सो भवनमा अवैध तवरले तल्लो तलामा पसल सञ्चचालन गरेको ठहर गरेको हो ।

बिहान मेयर बालेन र अल्फा हाउसका घरधनीबीच नक्सा र भुईं तल्लाको प्रयोगबारे विवाद भएको थियो । बालेनले घरधनीसँग नक्सा मागेका थिए, तर घरधनीले महानगरमै भएको जवाफ दिएपछि बालेन जंगिएका थिए ।

बालेनले नक्सा लिएर महानगरमा उपस्थित हुन भनेका थिए । मेयरका स्वकीय सचिव भुपदेव शाहका अनुसार महानगरले अल्फा हाउसको नक्साको अध्ययन गरेको छ र तल्लो तल्ला अनधिकृत प्रयोग भएको ठहर गरिएको छ ।

केही बेरमा महानगरको टोली अल्फा हाउसको भुईं तल्ला खाली गराउन नयाँ बानेश्वर पुग्दैछ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?