
९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले युवा लक्षित स्वरोजगार अभियान थालनी गर्ने भएको छ ।
हालै सम्पन्न दोस्रो राष्ट्रिय भेलाले पारित गरेका १४ बुँदे समसामयिक प्रस्तावहरु बिहीबार सार्वजनिक गर्दै वाईसीएलले ‘श्रम र उत्पादनमा र्वाइसीएल’ भन्ने नाराकासाथ उक्त अभियान संचालन गर्ने बताएको हो ।
युवाहरुलाई आत्मनिर्भर हुने व्यवसाय थालनी गर्न प्रत्येक पालिकामा कम्तिमा १०० जना युवा सम्मिलित श्रम सहकारी गठन गर्ने समेत प्रस्तावमा उल्लेख गरिएको छ ।
अतिक्रमित नेपाली भूमीबारे वाइसीएल अध्यक्षको नेतृत्वमा स्थलगत अनुगमन गरेर यथेष्ठ तथ्यपरक बुलेटिन प्रकाशन गर्नेसमेत वाईसीएलको प्रस्तावमा उल्लेख छ ।
यसैबीच वाईसीएलका नव निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्।
पेरिसडाँडामा पदभारपछि पत्रकारहरुसंग बोल्दै वाइसीएल नेपालका अध्यक्ष सुबोध शेर्पालीले १६ देखि २६ वर्षसम्मको युवाहरूलाई वाइसीएलमा आकर्षित गर्न ३ महिने अभियान चलाइने समेत बताए।
प्रतिक्रिया 4